ट्याक्टर दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ जना घाइते


  • ट्याक्टर दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ जना घाइते
  • सुर्खेत । दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिजलुीको पोल बोकेको ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दुर्घटना हुँदा ५५ बर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुल्लु –६ कै ५६ वर्षीय कमारो रावल, ४८ वर्षीय दानबहादुर रावल र ३१ वर्षीय ललित खड्का रहेका छन् । गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ । खड्का ट्याक्टर धनी हुन् ।



  • दुर्घटनामा सामान्य घाइते भएका ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय ललित खड्का र ट्याक्टर चालक २५ का कलम शाहीको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते सबै एकै गाउँका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *