फुटेको जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै


  • फुटेको जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै
  • काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् ।  जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ ।

    जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा भने कुन मन्त्रालय खाली गरेर पठाउने भन्ने प्रधानमन्त्री गठबन्धनमा छलफलमा छन् ।



  • जसपा नेपालबाट सरकारमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज बिहान राजीनामा दिइसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *