दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु


  • दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु
  • काठमाण्डौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र  ‘छक्कापञ्जा ५’ को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो।

    दीपकराज गिरी र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ ।



  • आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन । दीपक शर्मा र बाबुल गिरीको संगीत, दीपकराज गिरीको कथा, हरि हुमागाँइको छायांकन रहने चलचित्र असोज २४ गते फूलपातिको दिनबाट देशव्यापि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *