नेपाली राजदूतावास कतारले गर्‍यो अभिमुखीकरण कार्यक्रम


  • नेपाली राजदूतावास कतारले गर्‍यो अभिमुखीकरण कार्यक्रम
  • दर्शन सुनार/कतार : कतारस्थित नेपाली राजदूतावास कतारले श्रमिक सुरक्षा तथा जनचेनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

    नेपाली राजदूतावास कतारको आयोजना तथा
    गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा सनैयामा अवस्थित रहेको फुलवारि रेष्टुरेन्टको सभाहलमा नेपाली राजदूतावास कतारका राजदुत डा: नरेश बिक्रम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कतारका परिवार लगायत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    राजदूतावास कतारका लेवर काउन्सिल टिकामणी न्यौपानेले कार्यक्रमको बारेमा जानकारी दिदै खाडी मुलुक कतारमा रहेका श्रमिकहरु सगं अभिमुखीकरण कार्यक्रम गर्नको लागी नेपाल सरकारले जारी गरेको हुनाले  राजदूतावासले कतारमा रहेका नेपाली  श्रमिकहरु सगं पहिलो पटक कार्यक्रमको आयोजना गरेको बताए ।



  • कार्यक्रमको पहिलो चरणमा नेपाली राजदूतावास कतारका श्रम सहचारी कृष्ण पौडेलले सामाजिक सुरक्षा कोष भनेको के हो। कोषमा कसरी आवद्ध हुने,कोषमा आवद्ध भईसकेपछि हुने फाईदाका बारेमा प्रष्ट पार्दै
    वैदेशिक रोजगारीमा रहेका श्रमिकले सामाजिक सुरक्षा कोषबाट प्राप्त गर्ने छुट तथा अन्य ब्यवस्थाहरुको बारेमा समेत बताएका थिए । पौडेलले वैदेशिक रोजगार बिभागको तथा सामाजिक सुरक्षा कोषको वेबसाईट तथा  श्रम स्वीकृतिको बारेमा पनि जानकारी गराएका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको सवाल जवाफ समेत दिएका थिए ।

    दोस्रो चरणको कार्यक्रममा नेपाली राजदूतावास कतारकी तृतीय सचिव सन्ध्या भट्टराईले
    राहदानीको बारेमा चाहिने कागजात,
    राहदानीको म्याद सकिएपछि फम भर्ने  नविकरण कसरी गर्ने, साथै लाग्ने दस्तुरको बारेमा प्रष्ट पारेकी थिईन। उनले जन्मदर्ता कन्सुलर लगायत अपार्मेन्टको बारेमा दूतावासले खोल्ने र बन्द गर्ने समयको बारेमा समेत जानकारी दिईन।

    कार्यक्रममा सेफ्टी ट्रेनर गणेश कार्कीले फायर सेफ्टी,हेल्थ एन्ड सेफ्टी,लगायत काम गर्दा अपनाउनु पर्ने सुरक्षा सगैं काम गर्दा कुनै किसिमको दुर्घटना भएमा आफू कसरी बच्ने र बचाउने बारेमा सक्षिंतमा प्रष्ट पारेका थिए ।कतारस्थित नेपाल राष्ट्र बैकबाट मान्यता प्राप्त नविल बैकका प्रतिनिधि दिपेन्द्र पौडेल आईएमए नेपालका प्रतिनिधि हेमराज सुवेदी, सिदार्थ बैकका प्रतिनिधि सुरेश भन्डारीले कतारमा रहेका श्रमिकहरुले आफुले दुख गरेर कमाएको पैसा आफ्नो परिवार समक्ष सुरक्षित कसरी पठाउने लगायत मोबाईल बैकिङ् एप्पस लगायत बैकका विधि पद्धतिको बारेमा छोटकरीमा बताए।

    नेपाली राजदूतावास कतारमा प्रथम सचीव कृशु क्षेत्रीले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै ढकालले सामाजिक सन्ञालमा समय बर्बाद गर्नु भन्दा समय मिलेको अवसरमा युटुवमा रहेको सामाजिक सुरक्षाकोषको बारेमा आफैले पनि धेरै कुरा सिक्न सकिने बताए दूतावासले सदैव श्रमिकका कामलाई प्राथमिकतामा राखेर काम गर्दै आईरहेको बोल्दै कार्यक्रमबाट सिकेका ज्ञानका कुरा आफना साथी भाईहरुलाई पनि सिकाउने र आफूले कर्म गरिरहेको देशको नियम कानुनलाई पालना गर्न सबैलाई आग्रह समेत गरे।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *