भूम्या पर्व मनाउने तयारीमा नेपाल मगर साँस्कृतिक परिवार कतार


  • भूम्या पर्व मनाउने तयारीमा नेपाल मगर साँस्कृतिक परिवार कतार
  • दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारको आयोजनामा "चौथो मगर भूम्या कार्यक्रम २०२४" मनाउने भएको छ ।

    "नेपाल मगर साँस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन हाम्रो अभियान" भन्ने मुल नाराका साथ मगर समुदायको मौलिक राष्ट्रिय साँस्कृतिक चाड भूम्या पर्व-२०८१ को पावन अवसरमा साँस्कृतिक परिवारले चौथो मगर भूम्या पर्व-२०२४ मनाउने भएको हो ।



  • चौथो मगर भुम्या पर्व कार्यक्रमको लागि प्रथम कमेडि च्याम्पियन रियालिटी शो सिजन १ का प्रतिस्पर्धी तथा कमेडि च्याम्पियनबाट चर्चामा आएका हास्य कलाकार खड्क बहादुर पुन ( खबपु) चंचल  आफ्नो प्रस्तुति दिन कतार आउने भएका छन । साथमा नेपाल मगर साँस्कृतिक परिवार कतारका कलाकारहरु द्वारा मगर भेष भुषाको प्रदर्शन तथा विबिध साँस्कृतिक प्रस्तुतिहरु भूम्या, हुर्रा, कौरा, सालैजो, झ्याउरे सँगै अन्य मनोरन्जनात्मक प्रस्तुतिहरु  समेत रहने छ ।

    नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष ओम थापा मगरले चौथो मगर भूम्या पर्व कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र अतिथि कलाकार बुधबार कतार आईपुग्ने जानकारी दिए । कार्यक्रम संयोजक नेत्र थापा मगरले सौर्यपत्र संग कुराकानीमा १४ तारिख शुक्रबार अल लक्तामा रहेको ट्युनिसियन स्कुलको सभाहलमा बिहान दश बजे देखि कार्यक्रम सुरु हुने कार्यतालिका रहेको मगरले बताए । कार्यक्रममा सबैलाई उपस्थितिको लागि नेपाल मगर साँस्कृतिक परिवार कतारले अनुरोध समेत गरेको छ ।

    हरेक वर्ष असार १ गते बाट ३ दिन देखि ५ दिन ७ दिन सम्म मनाइने यस पर्वमा मगर समुदायले पुर्ख्यौली पुजा–पाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् । दशैंमा जस्तै निम्तालु आदान–प्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकाल देखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *