तमु समाज कतारद्वारा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न


  • तमु समाज कतारद्वारा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
  • दर्शन सुनार/कतार : "तमुहरुको एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित शाखा समिति महिला विभागले दाजुभाई भेटघाट तथा साास्कृतिक कार्यक्रम २०२४ भब्य रुपमा सम्पन्न गरेको छ ।

    तमु गुरुङ समाजको महिला विभागकी संयोजक शिला गुरुङको सभापतित्व तथा गैरआवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा महिला विभागले गुरुङहरुको संस्कृति अनुसार बैशाख पूणिर्ामाको अवसरमा दाजुभाई भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

    बिधिगत रुपमा ब्यानर अनावरण र दिप प्रजलन गरेर अघि बढेको कार्यक्रममा तमु गुरुङ समाजकी महिला बिभागकी बसु गुरुङले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य राखेकी थिईन  कार्यक्रममा समाजकी अध्यक्ष तथा कार्यक्रम संयोजक टौमाया गुरुङले बैशाख पुणिर्मा बिशेष गरी चेली माईतीको सम्बन्ध कायम रहने र आफ्नो पितृहरुको सम्झनामा घाटुको नााच नाची मनाउने प्रचलन रहेको बताउदै कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिईन ।

    तमुहरुको संस्कृति अनुसार चेलीबेटी र माईतीहरुले प्रमुख अतिथी भट्टलाई क्रेगी -फेटा) र भांग्रा लगाई दिई सम्मान गरिएको थियो । कार्यक्रममा मौसमी गुरुङ,सोनिया गुरुङ,र काब्य गुरुङले घाटु नााच नाचेका थिए । बैशाख पूणिर्माको अवसर पारेर चेलीहरुले आफ्ना थुप्रै माईतीहरुलाई गलबन्धी लगाईदिएर सम्मान गरेका थिए । महिला विभागलाई विशेष रुपमा बर्ष भरी सहयोग गर्नुभएका तमु गुरुङ समाजका मानार्थ सदस्य दशरथ समाल मगर, मानार्थ सदस्य अजित लामा र तमु गुरुङ खेलकुद समितिका अध्यक्ष दिनेश गुरुङलाई चेलीहरुले खेगीद्धारा सम्मान गरिएको थियो ।



  • कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहित चेली माईतीहरुको उल्लेख्य उपस्तिथि रहेको थियो । कलाकार पवित्रा आचार्य, प्रकाश गुरुङ, रुस्तम तामाङ, विशाल गुरुङ लगायत अन्य समाजको महिला बिभागमा आवद्ध रहेका कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

    प्रमुख अतिथी भट्टले संस्कृतिको धनी देशमा जन्मिएका हामी नेपाली प्रवासमा रहेर पनि जनजातीहरुले हामी नेपालीहरुको भेषभुषा पराम्परा र संस्कृतिलाई बचाईराखेको कुरा ब्यक्त गर्दै तमु समाज कतार प्रति धन्यवाद गरे । उनले प्रवासमा रहेका हामी नेपालीहरुले आफ्नो धर्म संस्कृति परम्परालाई कसरी संरक्षण गर्ने भन्ने कुरा जनजातीका कार्यक्रमहरुबाट सिक्नै पर्ने बताए ।
    महिला विभागी सदस्य पुष्पा गुरुङ र समाजका महासचिव डिजन गुरुङले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

    कार्यक्रमको समापन गर्दै सभापति गुरुङले तमुहरुको परम्परा संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा पनि माईतीहरुलाई सम्मान गर्न पाउादा आफू हषिर्त भएको बताईन । कतारवासी गुरुङ दाजुभाहरु समाजमा आवद्द भई हामी चेलीहरुलाई असल मार्गमा हिड्न हौसला दिएकोमा आभारी रहेको कुरा बताउनु भयो । उनले यसरी नै माईतीहरुको माया र साथ पाईरहने अपेक्षा समेत गरिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *