पहिरोले ताप्लेजुङमा एकै परिवारका चारजनाको मृत्य


  • पहिरोले ताप्लेजुङमा एकै परिवारका चारजनाको मृत्य
  • ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका बताए । यस्तै, ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते रहेको उनले बताए ।



  • बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ काठेपुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *