गोरखा सेवा समाज कतारको सांस्कृतिक कार्यक्रमको लागि आइपुगे कलाकार


  • गोरखा सेवा समाज कतारको सांस्कृतिक कार्यक्रमको लागि आइपुगे कलाकार
  • दर्शन सुनार/कतार : "तन मन, वचन र कर्मले सेवा गरौ" भन्ने मुल नाराका साथ गोरखा सेवा समाज कतारले  आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमको लागी सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकारहरु कतार आईपुगेका छन ।

    ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको पावन अवसर पारेर गोरखा सेवा समाज कतारको आयोजना गरेको ईद धमकामा
    आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार लोक तथा दोहोरी गायक खेम सेन्चुरी,युवा पुस्ताका भर्सटायल गायक उर्गेन दोङ,चर्चित भर्सटायल गायिका समिक्षा अधिकारी र लोक तथा दोहोरी गायिका निर्जला गुरुङ आइतबार बिहान कतार आईपुगेका हुन ।



  • आमन्त्रित कलाकारहरुलाई स्वागत गर्नको लागि गोरखा सेवा समाज कतारका अध्यक्ष ,तथा  कार्यसमितिका पदाधिकारीहरु लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए । गृह जिल्ला गोरखा शाखाको मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थ गर्ने उद्धेश्यले आयोजना गरिएको बृहत् सांस्कृतिक कार्यक्रममा कलाकारहरु कतार आईपुगेको र कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको कार्यक्रम संयोजक राकेश श्रेष्ठले जानकारी दिए ।

    सोमबार अल लक्त्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा दिनको ११ बजे कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा शरिक हुने टिकट होल्डरहरुका लागी कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ । कार्यक्रममा कतारबासी सबैलाई उपस्थित भएर साँस्कृतिक कार्यक्रमको भरपुर्ण मनोरञ्जन लिन गोरखा सेवा समाज कतारले अनुरोध समेत गरेको छ । सौर्यपत्र अन्लाईन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *