सन्दीप लामिछानेले लिए टी २० आईमा १०० विकेट 


  • सन्दीप लामिछानेले लिए टी २० आईमा १०० विकेट 
  • सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् । 

    टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । टि ट्वान्टी आईमा सयौं विकेट पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
    विश्व कपमा उनको यो दोस्रो खेल हो । अमेरिकाले भिसा नदिएपछि सन्दीप अन्तिम दुई खेलका लागि मात्र टोलीमा समेटिएका थिए । नेपाली टोली सेन्ट भिन्सेन्ट आउनु अघि नै सन्दीप यहाँ पुगिसकेका थिए । 



  • दक्षिण अफ्रिकाविरुद्ध खेलेपनि त्यसमा भने उनी विकेश विहिन रहेका थिए । उनले त्यो खेलमा ४ ओभरमा १८ रन खर्चेका थिए ।हाम्रोखेलकुद

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *