नेपालगञ्जमा हुने ‘रोपाइँ फेस्टिवल’ मा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने 


  • नेपालगञ्जमा हुने ‘रोपाइँ फेस्टिवल’ मा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने 
  • नेपालगंज। टीम डी–एजले विगतका वर्षमा झैं यस वर्ष पनि असार १५ गते नेपालगञ्जको भैयापुरमा ‘रोपाइँ फेस्टिवल’ गर्ने भएको छ । रोपाइँ फेस्टिवलमा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने भएका छन ।

    आयोजक टीम डी–एजका दिनेश थापा मगरले ‘रोपाइँ फेस्टिवल’बारे जानकारी गराएको हो । उनले यसपटक विगतका वर्षमा भन्दा केही फरक तरिकाले रोपाइँ फेस्टिवल आयोजना गर्ने तयारी गरेको बताए । रोपाइँ फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरिने उनको भनाइ छ ।



  • यसपालीको रोपाइँ फेस्टिवलमा गायिका ज्योति मगर, चक्र बमलगायत स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    रोपाइँ फेस्टिवलकै दिन वेष्टइण्डिज र अमेरिकामा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटको फाइनल खेल हुँदैछ । त्यसैले फेस्टिवल विश्वकप क्रिकेटको लाइभ स्क्रिनिङसमेत गरिने आयोजकले जनाएको छ । साथै, फेस्टिवलमा पञ्चेबाजलगायत रक्तदान कार्यक्रम समेत राखिएकोे आयोजकले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *