बाँकेमा फरार अपराधीलाई प्रहरीले गोली चलाएर समात्यो


  • बाँकेमा फरार अपराधीलाई प्रहरीले गोली चलाएर समात्यो
  • नेपालगंज । बाँकेको हिरमिनियामा फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । बाँकेबाट खटिएको प्रहरी टोलीले डांका चोरी मुद्दाका फरार प्रतिबादीलाई नियन्त्रणमा लिन डुडुवा गाउपालिका-६ सिखनपुरुवामा आज (बिहीवार) बिहान ८ बजेतिर गोली चलाएको हो ।

    डुडुवा गाउपालिका-६ सिखनपुरुवा घर भएका ६५ वर्षीय  सरमान सिङ सिख र ३० बर्षिय नानक सिङ सिखलाई पक्राउ गरेको बाँके प्रहरीले बताएको जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले गोली फायर गरेको जनाएको छ । ६५ वर्षीय सरमानको दाहिने खुट्टाको घुडामा र ३० बर्षिय नानकको दाहिने खुट्टाको साप्रामा गोली लागेको छ । प्रहरीमाथि आक्रमण गर्दा प्रहरी बरिस्ठ हवल्दार मदन डांगी समेत घाइते भएका छन । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।



  • प्रहरीमाथि आक्रमणमा उत्रिएपछि प्रहरीले गोली चलाउन बाध्य भएको बताइएको छ । घाइते दुबैजनालाई उपचारका लागि भेरी अस्पताल नेपालगंज लगिएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *