ठकुरी सहयोग सञ्जालमा नयाँ नेतृत्व, अध्यक्षमा खगेन्द्र शाही


  • ठकुरी सहयोग सञ्जालमा नयाँ नेतृत्व, अध्यक्षमा खगेन्द्र शाही
  • दर्शन सुनार/कतार : सभ्य भाषा सभ्य संस्कृति हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्वब्यापी हाम्रो अभियान" भन्ने मुल नाराका साथ ठकुरी सहयोग सञ्जाल कतारले नयाँ नेतृत्व चयन गर्दै दशौ वार्षिकोत्सव तथा सातौ अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ ।

    ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष
    केशु ठकुरीको सभापतित्व तथा सहयोग सञ्जाल कतारका प्रमुख प्रमुख संरक्षक रेशम शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा खगेन्द्र शाही ठकुरी निर्विरोध निर्वाचित भएका छन ।

    वरिष्ठ उपाध्यक्षमा महेन्द्र शाही ठकुरी उपाध्यक्षमा  धनकुमार मल्ल ठकुरी,महासचिवमा सुरत शाही ठकुरी सचीवमा कमल शाही ठकुरी, सह सचिबमा लक्ष्मण शाही ठकुरी,कोषाध्यक्षमा चन्दा शाही ठकुरी र सह कोषाध्यक्षमा नमराज शाही ठकुरी निर्वाचित भएका छन ।



  • त्यस्तै कार्यसमिति सदस्यहरुमा बिपिन शिह ठकुरी, गोबिन्द जङ्ग शाह,सबिना मल्ल ठकुरी,लालसरा शाही ठकुरी,दिल बहादुर शाही ठकुरी,केशर शाह ठकुरी,डम्बर चन्द ठकुरी,तिलक शिह ठकुरी,राजेन्द्र मल्ल ठकुरी,गोबिन्द मल्ल ठकुरी,पदम मल्ल ठकुरी र  देबि शाही ठकुरी रहेका छन । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक रेशम शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    विधिंगत रुपमा ब्यानर अनावरण,गरेर केक काटेर उदंघाट्न गरिएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खगेन्द्र शाही ठकुरीले स्वागत मन्तव्य राखेका थिए । शान्ति ओली र सृष्टि लामाले आफ्नो नृत्य पेश गरेका थिए भने चन्द्र बि सी,सन्देश शोनी,सुमित्रा भट्टराई शुरेस बि सीले आफ्नो गायनद्धारा उपस्थित लाई नचाएका थिए ।समाजले आयोजना गरेका हरेक कार्यलाई विभिन्न सहयोग तथा योगदान गर्नुहुने ब्यक्तित्वहरुलाई तथा ठकुरी सञ्जालका भलिबल खेलाडीहरुलाई सम्मान पत्रद्धारा समाजले सम्मान गरेको थियो ।

    आफ्नो मन्तव्य बोल्दै प्रमुख अतिथी रेशम शाहीले सामाजिक कार्यमा समाजले हातेमालो गरेर अगाडी बढेको र आउने नयाँ कार्यसमितिले समाजको हक र हितका लागि थप काम गर्ने बिश्वास व्यक्त गरे । गोबिन्द जङ्ग शाहले सहजीकरण गरेको अधिवेशनको खुल्ला सत्र  समापन गर्दै सभापति केशु ठकुरीले समाजले गरेका विभिन्न कार्यलाई आउने नयाँ समितिले थप निरन्तरता दिने बताउदै हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *