वर्षाका कारण बागमती नदी किनाराका बस्तीहरू डुबानमा


  • वर्षाका कारण बागमती नदी किनाराका बस्तीहरू डुबानमा
  • काठमाडौँ । मंगलवार रातीबाट आएको अविरल वर्षाका कारण काठमाडौँ बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् । 

    बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 



  • खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *