कतार आइपुगे गायक शिव परियार


  • कतार आइपुगे गायक शिव परियार
  • दर्शन सुनार/कतार : पछिल्लो समयका व्यस्त भर्सटायल गायक तथा संगीतकार शिव परियार बुधबार कतार आईपुगेका छन्।

    दोहाको मुटुमा रहेको होटेल स्टाटियोको सातौं तलामा अवस्थित क्लब ईन्फिनिटीको शुभारम्भसँगै आफनो सांगीतिक प्रस्तुति दिन परियार कतार आइपुगेका हुन्।



  • परियारलाई स्वागतका लागि हमद अन्तर्राष्ट्रिय विमानस्थलमा क्लब सञ्चालक रमेश केसी,कार्यक्रम संयोजक रोशन अर्याल,एन्जिला कार्की,लक्ष्मी दर्नाल लगायत अन्य पदाधिकारीहरु एअरपोर्ट पुगेका थिए ।

    शुक्रबार कार्यक्रमको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साझं ६ बजेबाट सांगीतिक कार्यक्रम शुरु हुने कार्यतालिका रहेको कार्यक्रममा प्रवेश शुल्क कतारी रियल पचास रहेको सौर्यपत्रलाई कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए ।आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आईपुगेका परियारले कतारमा रहेका नेपाली दिदीबहिनी दाजुभाई कार्यक्रममा निमन्त्रणा समेत गरेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *