कर्णालीमा कांग्रेसका मन्त्रीले शपथ लिए


  • कर्णालीमा कांग्रेसका मन्त्रीले शपथ लिए
  • काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामाले शपथ लिएका हुन् ।



  • प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त चार मन्त्रीहरूलाई आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *