बाँकेमा स्कुल बसको ठक्करबाट युवक र खसी-बाख्राको मृत्यु


  • बाँकेमा स्कुल बसको ठक्करबाट युवक र खसी-बाख्राको मृत्यु
  • कोहलपुर । बाँकेको ढकेरीनजिक स्कुल बसले ठक्कर दिँदा एकजना युवकको ज्यान गएको छ । बसको ठक्करबाट गोठालो गएका युवकले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् ।

    कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो ।



  • ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको हो । बसले हान्दा अन्य बाख्रा पनि घाइते भएका छन् ।

    घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएको प्रहरीले जनाएको छ। अहिले मालिक र बाख्राका शव सडकमै राखेर प्रदर्शन भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *