‘ज्वाई साब’को फस्टलुक सार्वजनिक


  • ‘ज्वाई साब’को फस्टलुक सार्वजनिक
  • काठमाण्डौं । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

    मंगलबार निर्माणपक्षले फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २४ गते फूलपातिको दिन पारेर प्रदर्शन मिति समेत तय गरेको छ । 

    सार्वजनिक गरिएको पोस्टरमध्यको जितु नेपाल र नीति शाहलाई बेहुलाबेहुलीको अवतारमा प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा जितु नेपाल, नीति शाह, बुद्दी तामाङ र हिमेस पन्तलाई देखाइएको छ ।

    हाल पोष्ट प्रोडक्शनको काम भइरहेको चलचित्रको एक गीतको छायांकन गर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।



  • राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ ।

    रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्रमा जीतु नेपाल ,नीति शाह, वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको हेर्न सकिन्छ ।

    असोज २४ गते फूलपातिको दिन फिल्म ‘ज्वाइँ साब’ले दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पञ्जा ५’सँग प्रतिस्पर्धा गर्न भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *