‘श्रमिकका लागि नेपाली श्रमिक’ संघद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न


  • 'श्रमिकका लागि नेपाली श्रमिक' संघद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • दर्शन सुनार/कतार: "श्रमिकका लागि श्रमिक" भन्ने मुल नाराका साथ नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजना तथा बिडब्लूआई,श्रम मन्त्रालय कतार र राष्ट्रिय मानव अधिकार समितीको  सह-आयोजनामा श्रमिक अधिकार,सुरक्षा तथा सु-स्वास्थ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाली श्रमिक कल्याणकारी संघ कतारका अध्यक्ष नारायण खपाङ्गी मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका श्रमिक बिभागका श्रम सहचारी टिका मणि न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    कानुनी परामर्शदाता एवं प्रतिनिधि राष्ट्रिय मानवअधिकार आयोग कतारका प्रोफेसर मोहम्मद रमजान अलि मियाँले मानव अधिकार तथा स्वास्थ सुरक्षा सम्बन्धि हलमा उपस्थित श्रमिकहरुलाई प्रशिक्षण गरेका थिए । मियाले कतार सरकारले लागू गरेका निति नियम र कानुनको बारेमा समेत प्रष्ट पारेका थिए । उनले मानव अधिकार तथा कतार सरकारले लागू गरेका नियम सम्बन्धि केही उत्सुकता भएमा आफुलाई सम्पर्क गर्न समेत अनुरोध गरे।



  • नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेलले श्रम स्वीकृति,कल्याणकारी कोष, जीवन बिमा,रेमिट्यान्स,वैदेशिक रोजगार,सामाजिक सुरक्षा कोषमा कसरी आवद्ध हुने र आवद्ध भएर कसरी फाईदा लिन्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले स्वास्थ जीवन , योगा,तथा मानिसको शरिरलाई चाहिने ब्यायाम, कसरत,आराम लगायत रक्तदान गर्दा शरिरलाई हुने फाईदाका बारेमा बताए ।

    सामाजिक अभियान्ता सागर नेपालले सामाजिक सञ्जाल फेसबुक तथा टिकटक कतारमा सदुपयोग नभई दुरुपयोग बढी भईरहेको जिकिर गरे । नेपालले सामाजिक सञ्जालले दिनानु दिन नेपाली समुदाय प्रति आचं आउने खालका स्टार्टस र टिकटक भिडियोले समाजलाई बर्बादी तर्फ धकेल्ने लक्षण देखिएकोले यस तर्फ नेपाली समुदायले सोच्नु पर्ने समय आएको बताए । कार्यक्रममा प्रशिक्षक दिएका प्रशिक्षकहरुलाई संघले सम्मान पत्रले सम्मान गरेको थियो ।

    प्रमुख अतिथी न्यौपानेले आफ्नो मन्तव्य बोल्दै श्रमिकका हक र हितका लागि यस्ता खालका कार्यक्रमको लागि नेपाली राजदूतावास सदैव साथमा रहेको बताए । न्यौपानेले श्रकिकका लागि संघले अत्यन्तै सराहनीय कार्य गर्दै आएको बताउदै  धन्यवाद समेत व्यक्त गरे । संघका सल्लाहकार तथा कार्यक्रम संयोजक बिमल सुवेदीले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । समाजका महासचिव सुरत शाहीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति खपाङ्गी मगरले संघले सदैब श्रमिकका हक र हितका लागि संघले आयोजना गर्दै आएको सचेतना मुलक कार्यक्रम,हेल्थ एन्ड सेफ्टी अवार्नेस जस्ता कार्यक्रममा सरिक भएर लाभ लिन सबैलाई आग्रह समेत गरे ।

    जनचेतना मुलक कार्यक्रममा कतारका मिनिष्टर अफ लेबरका प्रतिनिधि नासर अल हिमादी, ईन्टरनेशनल ट्रान्सपोर्ट्बाट फि ड्रेसनका नुरीया, कतार मिनिष्टर अफ पब्लिक हेल्थबाट कुसाई मोहम्मद,कानुनी परामर्शदाता एवं प्रतिनिधि राष्ट्रिय मानवअधिकार आयोग कतारका प्रोफेसर मोहम्मद रमजान अलि मियाँ/हमुद्दिन खान,लगायत ईन्डियन कम्युनिटीका प्रमुख, बङलादेश कम्युनिटीका प्रमुख,सहित सयौं श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *