नीताको ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा रिलिज हुने


  • नीताको ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा रिलिज हुने
  • काठमाण्डौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ तिहार लगत्तै कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।




  • चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा नेपाली र भारतीय कलाकारहरुको मुख्य अभिनय रहेको छ । नेपालबाट नीता ढुंगाना,हरिहर अधिकारू,सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, रविन्द्र झा, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ, आदर्श मिश्र आदिको अभिनय रहेको छ भने भारतबाट ब्रह्मानन्दम, अली,प्रदीप रावत( ‘गजनी’ भिलेन), सुनिल वर्मा(‘पुष्पा’ भिलेन) र कबीर दुहन सिंहको प्रमुख भूमिका छ ।

    नीता फिल्मस्को प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्मातामा धनन्जय गलानी छन् । हरिहर अधिकारीको कथा एवं प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले छायांकन गरेका छन । नेपाली, तेलुगु र हिन्दी गरी तीनवटा भाषामा रिलिजको तयारी गरिएको चलचित्रको बजेट ६ करोडमाथि रहेको निर्माण पक्षले जनाइएको छ । चलचित्रले हरेक दर्शकको मन जित्नेमा ढुक्क रहेको निर्माण पक्षले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *