घोराहीमा सुतली बम विस्फोटमा संलग्न २ जना विद्यार्थीहरू पक्राउ


  • घोराहीमा सुतली बम विस्फोटमा संलग्न २ जना विद्यार्थीहरू पक्राउ
  • दाङ । घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ । आज बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले बम विस्फोट गराएको आरोपमा सोही क्याम्पसका दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । किष्फोटबाट कुनै क्षति नभएको पनि प्रहरीले जनाएको छ ।



  • जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्बर–१५ का अभियान थापा र सुभम कार्की पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरू प्लस–टुका विद्यार्थी हुन् ।

    पक्राउ परेका उनीहरुहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको प्रहरीसँगको बयानमा भनेका छन् । उनीहरु मोटरसाइकलमा आएर सुतली बम विस्फोट गराएपछि भाग्दै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान सुरु भएको एसपी केसीले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *