तनहुँ बस दुर्घटनाको शव लिन भारतीय सेनाको जहाज चितवन आइपुग्यो


  • तनहुँ बस दुर्घटनाको शव लिन भारतीय सेनाको जहाज चितवन आइपुग्यो
  • तनहुँ । तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाको शव लिन भारतीय भारतीय वायु सेनाको जहाज चितवन आइपुगेको छ। 

    शुक्रबार भएको दुर्घटनामा निधन भएका २७ जनाकै शव चितवनस्थित चितवन मेडिकल कलेजमा राखिएको छ। उनीहरूको पोस्टमार्टमपछि भारतीय राजदूतावाससँगको समन्वयपछि पठाउन लागिएको हो। 



  • भारत सरकारकी युवा मामिला तथा खेलकुद राजयमन्त्री रक्षा निखिला खड्से पनि नेपाल आएकी छिन्। उनले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका घाइतेहरूलाई भेटेकी थिइन्। उनी पनि अहिले चितवन पुगेकी छिन्। 

    शुक्रबार भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *