सिन्धुली दुर्घटना अपडेट : कार भेटियो, तीनजना अझै बेपता


  • सिन्धुली दुर्घटना अपडेट : कार भेटियो, तीनजना अझै बेपता
  • सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको कारलाई गोताखोरको टोलीले भेटेको छ । कार भेटिएपनि त्यसमा सवार तीनजना भने बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्ले आज बिहान २ बजेतिर गाडी फेला पारिएको बताए । उनका अनुसार गाडी भेटियो तर मान्छे अझै भेटिएका छैननु । उनीहरुको खोजीकार्य जारी रहेको उनले बताए ।

    शनिबार साँझ खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–१–२३ च ६३६६ नम्बरको इसुजु गाडी करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।



  • प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्र्षीय अबिन बाँके–३ का वर्र्षीय प्रनित स्यागु र ३७ वर्र्षी बलराम घटुवा बेपत्ता छन् ।

    गाडीबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन् । उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ । कार खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *