डेंगी संक्रमित बढ्दै, दैनिक एक सयभन्दा बढीमा सङ्क्रमण


  • डेंगी संक्रमित बढ्दै, दैनिक एक सयभन्दा बढीमा सङ्क्रमण
  • काठमाडौं । साउनयता  दैनिक एक सयभन्दा बढी डेंगी संक्रमित थपिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार अगष्टका २३ दिनमा (१ देखि २३ अगष्ट) सम्म दुई हजार पाँचजनामा डेंगी पुष्टि भएको छ । 

    यही अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । हाल ७५ जिल्लामा सीमित रहेको संक्रमितको संख्या आगामी सेप्टेम्बरमा झनै थपिनसक्ने ईडीसीडीको आकलन छ । 




  • गत बर्ष सन् २०२३ मा कोसी प्रदेशअन्तर्गत सुनुसरीको धरानमा सबैभन्दा धेरै १६ हजार जना संक्रमित भएका थिए । यो वर्ष भने गण्डकी प्रदेश डेंगीको हब बनेको छ । तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा डेंगी पुष्टि भएको छ । तनहुँमा नै साउन अन्तिम साता ५० वर्षीय एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको ईडीसीडीको रेकर्ड छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *