बाँकेमा बस दुर्घटनामा परी २ जनाको मृत्यु,२७ जना घाइते


  • बाँकेमा बस दुर्घटनामा परी २ जनाको मृत्यु,२७ जना घाइते
  • दिपेशजंग शाह/बाँके : नेपालगञ्ज-कोहलपुर सडक खण्डको गनापुर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।मृत्यु हुनेमा दाङ तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल रहेको प्रहरीले जनाएको छ ।

    बिहिवार दाङको तुल्सिपुरबाट नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस बिहान ११:१५ बजे बाँकेको जानकी गाउँपालिका गनापुरस्थि नमस्ते रिसोट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।



  • दुर्घटनामा परी घाइते भएकाहरुमध्य २१ जनाको नेपालगंज भेरी अस्पतालमा, ५ जनाको कोहलपुर स्थित मेडिकल कलेजमा र १ जनाको नेपालगञ्ज नर्सिङ होम उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

    बसको पट्टा भांच्चिएर अनियन्त्रित भई बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *