सांगीतिक प्रस्तुतीका लागी लोक गायिका रिता थापा मगर कतारमा


  • सांगीतिक प्रस्तुतीका लागी लोक गायिका रिता थापा मगर कतारमा
  • दर्शन सुनार/कतार । राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानकी अध्यक्ष तथा लोकदोहोरी गायिका रिता थापा मगर सांगीतिक प्रस्तुति दिन कतार आईपुगेकी छिन ।नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न सघं-संस्थाहरुको संयुक्त आयोजनामा  हुन लागेको "रमाईलो तिज सचेतना तथा विबिध साँस्कृतिक कार्यक्रम” मा थापा सांगीतिक प्रस्तुति दिन  बिहिवार दोहा आई पुगेकी हुन ।नेपालबाट आमन्त्रित थापालाई स्वागत गर्नको लागी नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसी, लोक तथा दोहोरी गित प्रतिष्ठान कतारका अध्यक्ष शिवराम ढकाल लगायत हमद अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए ।हिन्दु नारीहरुको महान पर्व "हरितालिका तिज" को अवसर पारेर आयोजना गरिएको  "तिज बिशेष" कार्यक्रमको तयारी अन्तिम चरणको पुगेको नेपाली महिला समाज कतारकी अध्यक्ष लोकमाया केसीले जानकारी दिइन। शुक्रबार अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ ।



  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *