मोना कतारको आयोजनमा तिज कार्यक्रम सम्पन्न


  • मोना कतारको आयोजनमा तिज कार्यक्रम सम्पन्न
  • दर्शन सुनार/ कतार: म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) कतारको आयोजनामा रमाइलो तिज कार्यक्रम-२०२४ सम्पन्न भएको छ l  शुक्रवार प्लाजा मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा लोक तथा दोहोरी गायिका निरुता पुनले धमाका मच्चाएकी थिइन । 

    राजु पौडेलको सभापतित्व, अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको  कार्यक्रममा गायिका पुनले आफू जीवनमा पहिलो पटक साङ्गीतिक प्रस्तुति दिन कतार आएको बताउँदै आयोजकप्रति आभार व्यक्त गरिन l उनले  ‘हेर न मै राम्रो छैन र,  सालैजो, ‘घुम्ती घुम्ती रोड’  लगायत आधा दर्जन गीतहरू गाएर दर्शकलाई नचाएकी थिइन l 

    कार्यक्रममा कतारमा रहेकी म्याग्देली थाली नृत्यङ्गना यमुना पटेल, सृजना घताने, यजु सेवाले आफ्ना नृत्य प्रस्तुत गरेका थिए l  देवी कँडेल र पटेलले दिदी भाइको कथामा आधारित रहेर तिज गीतमा पेस गरेको  गीति नाटक आकर्षणको केन्द्र बनेको थियो l

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि फगामीले कतारमा रहेका सबैले केही समस्या परे आफूलाई सम्पर्क गर्न अनुरोध गरे l त्यस्तै



  • आफ्नो शुभकामना मन्तव्य राख्दै कोषका अध्यक्ष विक्रम कार्कीले कोषको आजीवन र संरक्षक सदस्यता खुल्ला रहेको बताउँदै अक्षयकोषमा आबद्ध भई हातेमालो गरी सामाजिक कार्यमा पाइला बढाउन अनुरोध गरेका थिए ।

    महिला विभाग संयोजक टिका माया रोकाले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरे l कार्यक्रम अक्षयकोष र महिला विभागको आयोजना तथा मोना कतारको सांस्कृतिक विभाग र खेलकुद विभागको सह–आयोजनमा सम्पन्न भएको हो l नेपालबाट आमन्त्रित गायिका पुनलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

    -पत्रकार तिलु शर्मा पौडेलको सहयोगमा ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *