उपचार गरेर घर नपुग्दै बाटोमै अस्ताय आमाछोरी,रहेनन वडाध्यक्ष पनि


  • उपचार गरेर घर नपुग्दै बाटोमै अस्ताय आमाछोरी,रहेनन वडाध्यक्ष पनि
  • बुर्तिवाङ । बागलुङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने ३ जनाकै पहिचान खुलेको छ । 
    शुक्रबार बिहान ९ बजे गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा सवार ४ जनामध्ये तीन जनाको निधन र एक जना घाइते भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले मृत्यु भएका सबैको शव संकलन गरिएको जानकारी दिए । उनका अनुसार रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ३३ बर्षिय भुपेन्द्रा बुढासहित उनकी आमा ६१ बर्षिय गोपीमाया बुढा र सोही पालिका–२ का वडाध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको हो ।



  • आमाको दाँतको उपचार गरेर फर्किएका आमाछोरी घरसम्म पुग्न नपाउदै बाटोमै अस्ताए ।

    गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते जिप चालक भूमे गाउँपालिका वडा नम्बर ३ का प्रेम पुनको टाउकोमा चोट लागेको र उपचारका लागि धवलागिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *