नेपाल मगर संघ कतारले गर्‍यो कलाकार रेखा मगरलाई सम्मान तथा बिदाई


  • नेपाल मगर संघ कतारले गर्‍यो कलाकार रेखा मगरलाई सम्मान तथा बिदाई
  • दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ ।

    मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पुर्‍याएको योगदानलाई कदर गर्दै दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान तथा बिदाई गरेको हो ।



  • संस्थागत बिदाई पश्रांत अतिथी रेखा मगर अत्यन्तै भावुक बनेकी थिइन । उनले मन्तव्य बोल्दै कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी नेपाल फर्किन लागेतापनी आफू कतार रहदा नेपाल मगर संघ र साँस्कृतिक परिवारले दिएको माया र साथ सदैब मनमा रहिरहने र संघलाई सम्झिरहने बताईन ।बिदाई तथा सम्मान कार्यक्रममा नेपाल मगर संघ शाखा कतारका विशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य बोल्दै कलाकार रेखा मगरलाई सुखमय जिवनको कामना समेत गरेका थिए ।

    नेपाल मगर संघ शाखा कतारका द्धितिय उपाध्यक्ष कुमार राहादी मगरको सभापतित्व तथा कलाकार रेखा मगरको प्रमुख आतिथ्यता रहेको थियो। सम्मान तथा बिदाई कार्यक्रममा संघको मातहतमा रहेका विभिन्न एरिया तथा समितिका अध्यक्ष तथा नेपाल मगर साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरुको उपस्तिथि रहेको थियो। संघमा आवद्ध रहेका कलाकारहरुले रेखा मगरलाई मायाको कोशेली, उपहार समेत प्रदान गर्दै  सफल यात्राको शुभकामना सहित मातुभुमीको बसाई उल्लेखनीय बन्ने कामना समेत दिएका थिए ।कार्यक्रमको सहजीकरण समाजका महासचिव समीर थापा मगरले गरेका थिए ।

    समाजका सांगठनिक सचिव दिपक एक्चाई मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापती राहादी मगरले कुशल कलाकारलाई बिदाई गर्दा आफुलाई दुख लागेको बताउदै जहाँ रहे पनि संघलाई न बिर्सन आग्रह गर्दै सुनौलो भबिष्यको सुखद कामना समेत गरे ।कलाकार रेखा मगर शुक्रबार बिहान मातृभुमी फर्किसकेकी छिन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *