कतारमा गायक रमेश राज भट्टराईसहित चार कलाकार सम्मानित


  • कतारमा गायक रमेश राज भट्टराईसहित चार कलाकार सम्मानित
  • दर्शन सुनार/कतार : कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका चार कलाकार सम्मानित भएका छन । सम्मानित हुने कलाकारहरुमा पछिल्लो समयका ब्यस्त तथा चर्चित गायक रमेश राज भट्टराई,सर्जक तथा लोक दोहोरी गायिका प्रतिभा शर्मा चापागाईं ,डाईरेक्टर/कोरियोग्राफर प्रदिप कुमार रसाइली र मोडल तथा नृत्याङ्गना रिया बिश्वकर्मा रहेका छन ।

    चारै जना कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले शनिवार एक कार्यक्रमको आयोजना गर्दै कलाकारलाई दोसल्ला ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गरेको थियो।

    सम्मान पश्रांत शुभकामना मन्तव्य बोल्दै गायक भट्टराईले आफू कतारमा पाचौं पटक सम्म सांगीतिक प्रस्तुति दिने अवसर मिलेको बताउदै प्रतिष्ठान शाखा कतारबाट दोस्रो पटक सम्मानित हुन पाउँदा खुसी व्यक्त गरे । उनले वैदेशिक शाखाबाट आएका दुख गुनासा आफुले सुन्दै आईरहेको र केन्द्रमा पनि वैदेशिक शाखाका गुनासाहरुलाई प्राथमिकतामा राख्न आफ्नो पहल जारी रहेको समेत बताए ।



  • शनिवार साँझ प्लाजा मलमा अवस्थित सम्सरा थकाली रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा प्रतिष्ठान कतार शाखाका प्रथम उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तब्य राखेको कार्यक्रमको सहजीकरण सचिब कृष्ण दर्लामीले गरेका थिए ।

    कार्यक्रममा प्रतिष्ठान कतार शाखाका सस्थापक अध्यक्ष कृष्ण बराल, सल्लाहकार, संरक्षक लगायत करिब तिन दर्जन कलाकार सहित पत्रकारहरुले समेत शुभकामना मन्तब्य राखेका थिए । शुभकामना वक्ताहरुले पछिल्लो समय लोकगित संगीतमा देखिएको बिकृतिको बारेमा चिन्ता ब्यक्त गरे। कार्यक्रमको समापन गर्दै सभापति ढकालले सस्था स्थापना देखि हालसम्म भोग्नु परेका कठिनाइलाइ स्मरण गरे l ढकालले आफनै कार्यकालमा केन्द्रिय अध्यक्ष सहित केन्द्रिय उपाध्यक्षलाई सम्मान गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

    लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकालको सभापतित्व तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय उपाध्यक्ष तथा गायक रमेश राज भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो । सम्मान कार्यक्रममा प्रतिष्ठान शाखा कतारका बिशिष्ट ब्यक्तित्वहरु,कलाकार पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *