नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आशन्न १४ औं महाधिवेशनका लागि १० एजेन्डाहरु अघि सारेका छन् । उनले आशन्न महाधिवेशनमा सभापति पदमा आकांक्षा राख्दै शनिबार १० बुँदे एजेन्डाहरु अघि सारेका हुन् । “मैले नारा मात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेका एजेन्डा सार्वजनिक गर्दै भनेका छन् ।यस्ता छन् वरिष्ठ नेता पौडेलले अघि सारेका १० एजेण्डाहरु
१) नेपालको वर्तमान संविधान लागु गर्ने ।
२) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।
३) नेपालको उन्नतिको बाटो देखाउने ।
४) नेपालमा सुशासन लागु गराउने ।
५) नेपालको असंलग्नता र तटस्थतालाई बचाउने ।
६) नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।
७) कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।
८) नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।
९) नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।
१०) नेपाली कांग्रेस विचार शून्य र दिशाविहीन छैन भन्ने सावित गराउने ।