शुक्रबार रोल्पाली समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रम गर्दै


  • शुक्रबार रोल्पाली समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रम गर्दै
  • दर्शन सुनार/कतार : "ससार भर छरिएर रहेका
    रोल्पालीहरु गोलबन्द हौ" भन्ने मुल नाराका साथ २०७५ सालमा स्थापना भएको रोल्पाली सेवा समाज कतार शाखाले आगामी शुक्रबार बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको भएको छ ।

    दाङ घोराही उपमहानगर पालिकामा  रहेको वाल शान्ती गृहलाई "मानव सेवा आश्रम सहयोगार्थ"  गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा दशै तिहार तथा छठ पर्व शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम २०८१ को आयोजना गर्ने भएको हो ।



  • समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा बहादुर खडकाले सौर्य पत्रको कुराकानीमा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उक्त बृहत् साँस्कृतिक कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्था तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी रोल्पाली सेवा समाज कतारका अध्यक्ष गोपाल डांगीले अनुरोध समेत गरेका छन ।

    साँस्कृतिक संयोजक मानसिङ परियारले कार्यक्रममा साहित्य अनुरागीहरु पनि समेटिएको र कतारमा रहेका स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताए ।आगामी शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । सौर्य पत्र अनलाइन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *