भब्य बन्यो वृहत् साँस्कृतिक कार्यक्रम, सम्झनाले कतारबासीलाई नचाईन् छमछमी


  • भब्य बन्यो वृहत् साँस्कृतिक कार्यक्रम, सम्झनाले कतारबासीलाई नचाईन् छमछमी
  • दर्शन सुनार / कतार: क्षत्री समाज नेपाल,कतार शाखाले आयोजना गरेको बिजया दशमी,शुभ दिपावली साथै छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

    समाजले "क्षत्री दिवसको अवसर पारेर महावीर पुनले स्थापना गरेको "राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ" गर्ने हेतुले आयोजना गरेको  "बृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायिका सम्झना भन्डारीले कतारबासीलाई छमछमी नचाईन ।

    कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार भन्डारीले "न दशैको टीका न तिहारको माला परदेशमा हुनीलाई" गित गाउदै जब  स्टेज चढिन,। हलको माहोल तात्यो दर्शकको हुटिङले मन जित्यो । गायिका भन्डारीले मन्तव्य बोल्दै कतार सम्म आउन समाजले गरेको पहललाई मनै देखि कृतज्ञता व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई बिजयादशमीको शुभकामना समेत दिदै तिम्रो मायाले मलाई पिर दियो हामलाई अभाव ले कतार पठायो भन्ने गितबाट आफ्नो प्रस्तुति राख्न सुरु गरिन । घासै काटौं खोली दोभान,रेलको भाडा तिरौला म जम्मै, औँठी बेरुवाको,यो दशै तिहारमा मेरी आमालाई कोशेली कान्छी बुहारी जस्ता आधा दर्जन गितमा आफ्नो साँगितिक प्रस्तुति राखेकी थिईन । भन्डारीको प्रस्तुतिमा हलमा उपस्थित
    छमछ्मी नाचिरहे। वान्च मोर पाईराखिन । भन्डारीले दर्शकहरुलाई मज्जैले झुमाएकी थिईन ।

    बिधिगत रुपमा नेपाली मौलिक पञ्चेबाजालाई पुजेर दिप प्रज्जलन तथा ब्यानर अनावरण गरेर
    समुद्धघाटनं गरिएको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष छविलाल बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।



  • कतारमा रहेका स्थानिय बाल कलाकार, लगायत अन्य एक दर्जन भन्दा बढी कलाकारहरुले सामुहिक, एकल नृत्य सगैं गायनमा आफ्नो प्रस्तुति दिएका थिए । नौमती पञ्चेबाजाले कार्यक्रममा निकै रौनक थपेको थियो । कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकारहरुलाई खादा ओढाएर सम्मान पत्र र पारिश्रमिक सहित सम्मान गरिएको थियो ।

    प्रमुख अतिथी रेग्मीले महान पर्वको अवसर पारेर राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने कामको निकै प्रशंसा गर्दै अत्यन्तै सराहनीय कार्यको सुरुवात गरेको बताए । समाजले जुन मानविय सहयोग गर्ने उद्धेश्यले आयोजना गरेको कार्य र लिएको लक्ष्य चाडै पूरा होस भन्ने कामना समेत गरे ।क्षत्री समाजको परापुर्व काल देखि नै आफनै बाहुल्य र पहिचान रहेको बताउदै स्वाभिमान बोकेको राष्ट्रका हामी नेपालीहरुले समाजमा एक आपसको एकता, माया सद्भाव, प्रेम र मेलमिलापका साथ अगाडी बढन आग्रह गरे।शुभकामना आदान प्रदान  कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संगठनका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    समाजका सचिब शिवलाल केसीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति डागीले  कार्यक्रमबाट आएको मुनाफा रकम महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई  छिटै पठाउने बताए। क्षत्री दिवसको अवसर पारेर आयोजना गरिएको बृहत् साँस्कृतिक कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न विभिन्न कोणबाट आर्थिक नैतिक,भौतिक सहयोग गर्ने सम्पुर्णलाई कृतज्ञता सहित हार्दिक आभार प्रकट गरे ।

    क्षत्री समाज नेपाल कतार शाखाका अध्यक्ष श्याम डागी क्षत्रीको सभापतित्व तथा एनआरएनए  आईसीसी उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
    बृहत् साँस्कृतिक कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि,समाजसेवी,बुद्धिजीवी स्थानिय कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।अतिथि कलाकार भन्डारीलाई समाजले स्टेजमै दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *