सद्भाव युवा समाज कतारद्वारा ‘टीका ग्रहण’ कार्यक्रम सम्पन्न


  • सद्भाव युवा समाज कतारद्वारा 'टीका ग्रहण' कार्यक्रम सम्पन्न
  • दर्शन सुनार/कतार : हिन्दु धर्मावलम्बीको महान चाड बडा दशैको  उपलक्ष्यमा सदभाव युवा समाजको आयोजनामा शुभकामना आदान-प्रदान तथा "टीका ग्रहण"कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न गरेको छ ।

    "आपसी सहयोग,सामाजिक सद्भाव र बन्धुत्वको लागि" भन्ने मुल नाराका साथ युवा समाजले स्थापना काल देखि नै  बिजयादशमीको मनाउदै आएको र बिगतका बर्षहरुमा यस वर्ष पनि निरन्तरता दिदै दोहा नज्मामा अवस्थित रोयल नेपाली रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान तथा "टीका जमरा ग्रहण कार्यक्रम सम्पन्न गरेको हो ।

    बिजयादशमीको दिन बिहान दश बजे देखि कार्यक्रम सुचारु गर्ने भनिएतापनि औपचारिक रुपमा मध्यान्ह १२ बजे देखि बेलुका सात बजे सम्म टीका थाप्ने कार्यक्रम चलेको थियो । समाजका कार्यसमिति सदस्य भरत बिस्वकर्माले उपस्थित सम्पुर्णलाई टीका जमरा लगाईदिदै आशीर्वाद दिएका थिए ।

    सौर्यपत्र सगंको कुराकानीमा आफुले परदेशमै बसेर काम गर्दै सामाजिक कार्य गर्दै आईरहेको र बिजयादशमीको दिन । कतारमा परिवार सहित रहेका नेपालीहरुले त पर्व मनाउने, तर परिवार न भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई टिकाको दिन निराशा पार्न सकिएन । समाजका अध्यक्ष बिजय गुरुङले भने। टिकाको दिन सर्वसाधारण लगायत आफुलाई चिनेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु  आएर टीका जमरा ग्रहण गर्दा उहाँहरुको मुहारमा  खुसी छाएको देख्दा आफुलाई साच्चिकै खुसी मिलेको बिजय बताउछन ।



  • चेलीमाईतीको सम्बन्धलाई थप प्रगाढ बनाउने र बिजयादशमीको दिन चेलीहरुले माईतीहरुलाई मीठो मिष्ठान खुवाउने चलनचल्ती रहेको र  बिजयादशमीको अवसर पारेर तमु (गुरुङ) समाजका चेलीबेटीहरुले सदभाव युवा समाज कतारका दाजुभाईलाई कोशेली समेत प्रदान गरेका थिए । दशमीको दिन चेलीहरुले दाजुभाईको हातबाट टिका थापेर आशीर्वाद लिदै परदेशमा परिवार आवास दिलाएको चेलीहरुले सदभावं युवा समाज कतारलाई धन्यवाद व्यक्त गरेका थिए ।

    हरेक बर्ष समाजले सामाजिक हक र हितका लागि मानविय कार्य गर्दै आईरहेको र यस बर्षपनि लक्ष्मी पुजाको दिन भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजना गर्ने तयारी समाजले गरिरहेको र उक्त कार्यक्रमबाट आएको मुनाफा रकम काठमाडौको शाखुमा रहेको "बाल आश्रम र सुनसरी जिल्लामा एक बिधालयलाई सहयोग रकम पठाउने निर्णय भएको समाजका अध्यक्ष बिजय गुरुङले जानकारी दिए ।

    कतारलाई कर्म थलो बनाई कतार एअरवेजको विभिन्न शाखा हरुमा कार्यरत युवाहरुले नितान्त सामाजिक सद्भाव, मानव सेवा, तथा सामाजिक हक र हितका लागि काम गर्ने हेतुले स्थापना भएको सदंभाव युवा समाज कतारले भुकम्प पिडित,बाढी पिडित,राष्ट्रिय आविस्कार केन्द्र,मानव सेवा आश्रम लगायत दुख र पिडा र समस्यामा परेका सबैलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *