लुम्बिनी प्रदेश समन्वय परिषद कतारद्वारा गरियो टीका ग्रहण तथा शुभकामना आदानप्रदान


  • लुम्बिनी प्रदेश समन्वय परिषद कतारद्वारा गरियो टीका ग्रहण तथा शुभकामना आदानप्रदान
  • दर्शन सुनार/कतार : "हामी प्रदेशीहरुको चाहना,समृद्ध
    प्रदेश हाम्रो कामना" भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश समन्वय परिषद कतारले बिजयादशमीको " टीका ग्रहण" कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

    लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजना तथा प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको सह-आयोजनामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडा दशैको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको हो ।

    लुम्बिनी प्रदेश समन्वय परिषद कतारका कार्यबाहक अध्यक्ष सजन लौडारीको सभापतित्व तथा लुम्बिनी प्रदेशका संस्थापक संरक्षक कमलमणि गुरांगाईको विशिष्ट  आतिथ्यता रहेको थियो ।



  • कार्यक्रमका प्रमुख अतिथि कमलमणि गुरांगाईको हातबाट लुम्बिनीबासीहरुले टीका तथा जमरा ग्रहण गरेका थिए । आफ्नो शुभकामना मन्तव्य बोल्दै गुरांगाईले हाम्रा चाडबाडहरुमा हामी परदेशीलाई हरेक पर्वमा
    लुम्बिनी प्रदेशले पारिवारिक माहोलको सिर्जना गर्ने खालको कार्यक्रमको आयोजना गर्दै आईरहेको र यस्ता कार्यक्रमले परदेशमा रहेका हामी नेपालीहरू बिचको सम्बन्धलाई थप मितब्यायी हुने खुसी मिल्ने बताए।

    प्रदेश परिषदका महासचीव देवराज पुनले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै लौडारीले बिजयादशमी तथा शुभकामना आदान प्रदान कार्यक्रममा सरिक भएर भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुले हरेक कार्यक्रमको आयोजना गर्दा परिषद सगं समन्वय गरेर अगाडी बढन सकेमा सानो खर्चमा कार्यक्रम गर्न सकिने र अन्य जिल्ला संस्थाहरुको समेत सहयोग मिल्ने बताउदै मातहतमा रहेका जिल्ला संस्थाहरुलाई अनुरोध समेत गरे ।

    शुभकामना आदान-प्रदान कार्यक्रममा  लुम्बिनी प्रदेश समन्वय परिषदका  बिशिष्ट ब्यक्तित्वहरु संरक्षक,सल्लाहकार सगैं प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *