आईसीसी महिला टी–२० मा न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन


  • आईसीसी महिला टी–२० मा न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन
  • दुवई । आईसीसी महिला टी–२० विश्वकप २०२४ उपाधि न्यूजिल्याण्डले हात पारेको छ । दक्षिण अफ्रिकालाई न्यूजिल्याण्डले ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको हो ।

    यस खेलमा दक्षिण अफ्रिकाको महिला टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । किवीले अवसरको फाइदा उठाउँदै पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।



  • जवाफमा दक्षिण अफ्रिकाकाको टिमले लगातार विकेट गुमायो । न्यूजिल्याण्डले आफ्नो प्रतिद्वन्द्वीलाई २० ओभरमा ९ विकेट गमाउँदै १२६ रनमा रोक्यो र उपाधि जित्यो ।

    न्यूजिल्याण्ड पहिलो पटक विश्वकप च्याम्पियन भएको हो । जितसँगै आईसीसीले न्यूजल्याण्डलाई २.३ मिलियन अमेरिकी डलर उपलब्ध गराएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *