एनसीसी कतारको समन्वयमा राष्ट्रिय पर्वहरु एकै साथ मनाइँदै


  • एनसीसी कतारको समन्वयमा राष्ट्रिय पर्वहरु एकै साथ मनाइँदै
  • दर्शन सुनार/कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी शुक्रबार राष्ट्रिय पर्वहरु एकै साथ मनाईने भएको छ ।

    नेपालीहरुको महान पर्वहरु दशै,तिहार छ्ठ पर्व,नेपाल सम्वत ११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र । एनआरएनए  दिवसको अवसर पारेर एनसिसी कतार र  कतारमा स्थापित बिभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम मनाईने भएको हो ।

    राष्ट्रिय पर्वहरु एकै साथ मनाउदा कतारमा रहेका नेपाली दाजुभाईहरुको भाईचारमा थप मितब्यायी बढ्नेका साथै समाजमा एक खालको सकारात्मक सन्देश दिने र सामुहिक रुपमा चाड पर्व मनाउदा चाडबाडले माया र  सद्भाव समेत मिल्ने एनसिसी कतारका अध्यक्ष रमेश भट्ट बताउछन । हाल सम्म कतारमा स्थापित करिब पचास ओटा संघ संस्थाहरुको नामावली आईसकेको र थप आयोजकको रुपमा रहन चाहाने संघ संस्थाहरुले आगामी बिहिवार दिउँसो दिनको दुई बजे सम्म ५५८२६५७७ मा सम्पर्क गरेर नाम टिपाईसक्नु पर्ने छ ।



  • आयोजकको रुपमा रहेका संघ  संस्थाहरुलाई कतारी रियल पचास दस्तुर लाग्नेछ भने आयोजक संस्थालाई एनसिसी कतारले दुई वटा पास उपलब्ध गराउने ब्यवस्था रहेको छ । कार्यक्रममा सरिक हुन चाहाने ब्यक्तिहरुको लागि प्रवेश निशुल्क रहेको छ । भने गार्डेनको प्रवेशद्धारमा लाग्ने शुल्क स्वयम् ब्यक्तिले नै भुक्तानी गर्नु पर्ने एनसिसी कतारका द्वितीय उपाध्यक्ष तथा संघ संस्था समन्वय संयोजक केशव कार्कीले जानकारी दिए ।

    कतारको शहानिया स्थित अल दोसरी जु गार्डेनमा बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान कतारमा आवद्ध रहेका कलाकारहरु र  थारु कल्याणकारी सभा च्याप्टरका कलाकारहरुद्धारा राष्ट्रियता झल्काउने सामुहिक तथा एक नृत्य सहित कतारमा रहेका दुई दर्जन भन्दा बढी कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयोजक संघले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *