युवतिद्धारा भेरी नदीमा हामफाली आत्महत्या प्रयास, सशस्त्रले गर्‍यो जिवितै उद्धार 


  • युवतिद्धारा भेरी नदीमा हामफाली आत्महत्या प्रयास, सशस्त्रले गर्‍यो जिवितै उद्धार 
  • सुर्खेत : सुर्खेतको मेहलकुनास्थित भेरी पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेकी युवतीको सशस्त्र प्रहरी निरीक्षकको टोलीले जिवितै उद्धार गरेको छ ।

    मेहलकुनामा जारी शुभाघाट मेला हेर्न आएकी युवतीले गुर्भाकोट नगरपालिका वडा नन्बर ८ र १३ जोड्ने भेरी नदीको पक्की पुलबाट आज (बुधवार) सांझ ७ बजे हामफाली आत्महत्या प्रयास गरेकी थिइन ।

    गुर्भाकोट -१३ बस्ने १६ बर्षिया सम्झना बुढा पुलबाट नदीमा हामफालेको देख्नासाथ सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लको कमाण्डमा खटिएको टोलीले नदीबाट बाहिर निकाली उनलाई जिवितै उद्धार गरेको हो।



  • उद्धार गरिएका युवतीलाई उपचारको लागि स्थानिय मेहलकुना अस्पतालमा पठाइएको र हाल युवतीको अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक लाल बहादुर शाहीले वताए । युवतीले पुलबाट नदिना हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

    सुर्खेतको मेहलकुनामा हरेक बर्ष लाग्ने प्रसिद्ध शुभाघाट मेला अवलोकन गर्न लाखौ सर्वसाधारणहरु आउने समाजसेवी गोपाल पुन बताउछन । मेलाको सुरक्षामा प्रहरी निरीक्षक लाल बहादुर शाही र सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लको टोली खटिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *