काठमाडौं : गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट आज बुधबार मन्त्रालय अन्तर्गत कार्यरत १२ सहसचिव र एक उपसचिवको पदस्थापन तथा सरुवा गरिएको छ ।
६ सहसचिवको पदस्थापन, ६ सहसचिव र एक उपसचिवको सरुवा गरिएको छ ।
कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै मन्त्रालयमा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ ।
सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन् ।
