काठमाण्डौं : नेपाली फिल्म हुदै बलिउडमा स्थापित भएकी अभिनेत्री मनिषा कोइरालाले पुन नेपाली फिल्ममा काम गर्ने इच्छा रहेको बताएकी छिन । शनिबार ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’मा वक्ताको रुपमा उपस्थित भएकी मनिषाले नेपाली फिल्ममा काम गर्ने इच्छा रहेको बताएकी हुन ।
झण्डै सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी उनले नेपाली फिल्म भने ‘फेरि भेटौंला’ र ‘धर्मा’ मात्र गरेकी छन् । सन् २०१० मा प्रदर्शन भएको ‘धर्मा’पछि पनि उनलाई थुप्रै नेपाली फिल्मबाट प्रस्ताव आएतापनी हालसम्म उनको पुनरागमन हुन सकेको छैन ।

मनिषाले राम्रो रोल र राम्रो फिल्म आयो भने नेपाली फिल्ममा काम गर्ने बताउदै भनिन ‘म नेपाली फिल्म मेकरलाई अनुरोध पनि गर्न चाहन्छु कि मलाई एउटा असाधारण रोल दिनुहोस्, म अवश्य गर्छु । मलाई नेपाली फिल्म असाध्धै गर्ने इच्छा छ ।’
उनले पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै खालका नेपाली फिल्मले पाइरहेको सफलताले खुसी लागेको बताएकी छन् ।मनिषाले फेस्टिभलको ‘सिनेमा संवाद’ सेक्सनमा भनिन्, ‘फिल्म आफैंमा ‘सफ्ट पावर’ हो । हामीले फिल्मबाट राम्रो-राम्रो विषय उठाउन सक्यौं भने त्यो पनि प्रभावकारी हुन्छ । राजनीतिमा आउनेबारेमा भने सोचेको छैन ।’