काठमाडौं : प्रहरी प्रधान कार्यालयले आज सोमबार नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा/काज गरेको छ ।
सोमबार गरिएको सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् । पाल्पा, रुपन्देही, झापा, बांके, महोत्तरी, सर्लाही, कैलाली, काभ्रे, बागलुङ, चितवन, गोरखा, स्याङ्जा, जिल्लाका प्रहरी प्रमुखहरु फेरवदल भएका हुन् ।

जसमध्ये चितवनमा गोविन्द पुरी, बांकेमा राम प्रसाद घर्ती, रुपन्देहीमा प्रदिप क्षेत्री, रौतहटमा नेत्रमणी गिरी, झापामा राजन लिम्बू, महोत्तरीमा हेरम्ब शर्मा, काभ्रेमा कोमल विक्रम शाह, स्याङ्जा दधिराम न्यौपाने, पाल्पामा पवन कुमार भट्टराई, कैलालीमा बालनरसिंह राणालाई सरुवा गरिएको छ ।
आकर्षण ठाउमा जान धेरै एसपीहरुको लामो रस्साकस्सीको बिच प्रहरी प्रधान कार्यालयले आज सोमवार एसपी सरुवा निकालेको हो ।