पाँच सय वढी कोरोना संक्रमित रहेका १ दर्जन बढी जिल्लाहरु


  • पाँच सय वढी कोरोना संक्रमित रहेका १ दर्जन बढी जिल्लाहरु
  • काठमाडौं- नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार २२५ जनामा संक्रमण देखिएको छ। कुल संक्रमितमध्ये शनिबारसम्ममा एक लाख आठ हजार ३३४ संक्रमणमुक्त भएका छन् भने ८४२ जनाको मृत्यु भएको छ। देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा २० हजार ७२२ जना छन् भने ललितपुरमा २ हजार ५३३ र भक्तपुरमा १ हजार ४५४ संक्रमित छन्। मन्त्रालयका अनुसार, उपत्यकाका तीन जिल्लासहित कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि रहेका जिल्लाको संख्या १५ छ। झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पनि सक्रिय संक्रमित ५०० भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोरङमा ३ हजार ७७, सुनसरीमा २ हजार ४५६, रुपन्देहीमा १ हजार ९७७, चितवनमा १ हजार ६९, मकवानपुरमा १ हजार २४, कास्कीमा ८०६, कैलालीमा ७२२, झापामा ७२१, दाङमा ७१३, काभ्रेमा ५८०, सुर्खेतमा ५६४ र बाँकेमा ५३९ सक्रिय संक्रमित छन्। मन्त्रालयको तथ्यांकले मनाङ बाहेक मुलुकका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *