सविनको ‘गणपतिमा’ मुकुन र मेनुकाको जोडी


  • सविनको 'गणपतिमा' मुकुन र मेनुकाको जोडी
  • काठमाडौं । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानलाई पहिलो पटक दर्शकले  एकसाथ  चलचित्र ‘गणपति’ मा देख्ने भएका छन । तनहुँको बन्दीपुर गाउँपालिकाबाट चलचित्रको छायांकन विहिवारवाट सुरु भएको छ । गाउँले परिवेशमा खिचिने चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । सविनकै कथा रहेको चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी रहेको छ । मानिस र भगवान बीचको फरक देखाइने चलचित्रमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतको अभिनय रहनेछ । हरिबहादुर घलेको छायांकन रहेको चलचित्रका गीतहरुमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । गोविन्द शाहीलाई देशभर वितरण अधिकार दिएको चलचित्र ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने निर्देशक अधिकारीले बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *