बौद्धमा बलात्कार पछी छोरिको हत्या प्रयास, बावु पक्राउ


  • बौद्धमा बलात्कार पछी छोरिको हत्या प्रयास, बावु पक्राउ
  • काठमाडौं । काठमाडौंको बौद्धमा सबैलाई स्तब्ध बनाउने घटना भएको छ । गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडा बस्ने एक व्यक्तिले छोरीको बलात्कारपछि हत्या प्रयास गरेका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमतीको पहिलेको श्रीमानतर्फको छोरीको उनले बलात्कार गरेका हुन् । बलात्कारपछि पोल खुल्ने डरले उनले हत्या प्रयास गरेका थिए । अचेत अवस्थामा भेटिएकी ती किशोरीलाई अस्पताल लगेपछि बलात्कारको पोल खुलेको थियो । घरमै यस्तो घटना भएको हो । सौतेनी बुवालाई पक्राउ गरी कारबाही थालिएको काठमाडौं प्रहरीका एसपी रमेश बस्नेतले बताए । बलात्कृत किशोरीको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *