पर्सामा ११ किलो गाँजासहित अटो चालक पक्राउ


  • पर्सामा ११ किलो गाँजासहित अटो चालक पक्राउ
  • काठमाडौं । ११ किलो गाँजासहित अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ। ना २ ह ४१०९ नम्बरको अटोका चालक पर्साको सखुवा पर्सानी गाउँपालिका-२ का ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई ११ किलो गाँजासहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हटौँडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट दमाई गएराती पक्राउ परेका हुन्। चालक बस्ने सिटमुनि लुकाएर राखेको ११ किलो गाँजा, ६७ हजार रुपैयाँ र २५ सय भारतीय रूपयाँसमेत बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *