सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका कार्यालय प्रमुख सहित चार कर्मचारी घुस रकमसहित पक्राउ


  • सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका कार्यालय प्रमुख सहित चार कर्मचारी घुस रकमसहित पक्राउ
  • काठमाडौं । सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहितका चार कर्मचारी घुससहित पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव–इन्जिनियर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद एक लाख नब्बे हजार रुपैयाँ सहित पक्राउ गरेको हो । गाडी नं. वाग्मती प्रदेश ०१(००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा मिति २०७७।१०।२९ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । सो रकम उनीहरुले ठेकदारसँग घुसवापत लिएको आयोगको सूचना छ । दृष्टिन्युज  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *