काँचो फल र तरकारी खानुको फाइदा


  • काँचो फल र तरकारी खानुको फाइदा
  • काठमाडौं । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ । १. फल अधिकांश फल काँचो खान सकिन्छ । काँचो फल खाँदा यसमा पाइने भिटामिनको मात्रा पुर्ण रुपले शरीरले पाउँछ । यसमा क्यालोरी कम हुनुका साथै पर्याप्त फाइबर मिल्दछ । साथै पाचन यन्त्र स्वस्थ्य बनाउँछ । २. सागसब्जी कति सागसब्जी पनि काँचो खान सकिन्छ । काँचो सागसब्जी मिनरल्सको राम्रो स्रोत हो । साथै पत्तेदार सब्जीमा प्रोटिनको मात्रा अधिक हुन्छ । यो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुन्छ । ३. पोषक तत्व कतिपय खानेकुरा पकाउँदा बढि पकाउने, नछोपी पकाउनाले यसमा भएको पोषण तत्व नष्ट हुन्छ । साथै स्वादिष्ट बनाउने चक्करमा यसमा हालेको मसला खानेकुराको पोषक तत्व नष्ट गर्दछ । त्यसैले काँचो खान मिल्ने आहार खाँदा शरीरलाई फाइदा पुग्दछ । ४. स्वस्थ्य पाचन यन्त्र कतिपय मानिसहरु धेरै पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुरा खान खोज्दछन् । तर यस्ता खानाले पाचन यन्त्रलाई खराब गर्छ । यदि काँचो खान मिल्ने भोजन काँचै खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सही राख्दछ । ५. मोटोपन घटाउँछ काँचो आहार खानाको पुरक हुन्छ । यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण चाडैँ भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । जसका कारणले शरीरमा मोटोपना घट्दै जान्छ । ६. दाँत काँचो आहार शरीरकासाथै दाँतकालागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाउँदा शरीरलाई पोषक तत्व मिल्नुका साथै दाँतको पनि व्यायाम हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *