काठमाडौँमा पुनः बर्डफ्लु भेटियो


  • काठमाडौँमा पुनः बर्डफ्लु भेटियो
  • काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाण्डुस्थित तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ । विभागले ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरेको जनाएको छ । विभागले बर्डफ्लु नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गर्दै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *