घुस लिएको आरोपमा राजश्व कार्यालयका कर अधिकृत पक्राउ


  • घुस लिएको आरोपमा राजश्व कार्यालयका कर अधिकृत पक्राउ
  • धनुषा । धनुषा आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृत घुस रकम सहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाललाई सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ताका लागि सेवाग्राहीसँग रकम लिन लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । अधिकृत ढकालले आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई रकम लिन लगाएको अख्तियारको दाबी छ । ढकालका लागि रकम लिने कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले रकमसहित जनकपुरधाम उप-महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट पक्राउ गरेको हो । त्यस्तै कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट हिजो नियन्त्रणमा लएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *