प्रधानमन्त्री ओलीद्वारा सबै राजनीतिक दल मिलेर चुनावमा जाने प्रस्ताव


  • प्रधानमन्त्री ओलीद्वारा सबै राजनीतिक दल मिलेर चुनावमा जाने प्रस्ताव
  • काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले बाेलाएकाे सर्वदलीय भेटघाट कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले म केही बोल्छु भनेर समय लिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने ५ पुसको आफ्नो कदमको बचाउ गरे । सर्वोच्च अदालतले जे फैसला गरेको भए पनि संसद विघटनसम्बन्धी व्यवस्थामा संविधानमा भएको जिकिर गरेका उनले ‘चुनाव लोकतन्त्र होइन र ? त्यसो भए २ वर्षपछि पनि चुनाव नगर्ने ? भनेर प्रश्न गरेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाले पनि राम्रोसँग काम गर्ने नदेखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सबै राजनीतिक दल मिलेर चुनावमा जाने प्रस्ताव समेत राखेका छन् । भेटमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन्, ‘प्रधानमन्त्रीले हिजोअस्ति जे भन्दै आउनुभएको थियो, त्यही दोहोर्‍याउनुभयो । र, अब पनि ताजा जनादेशका लागि चुनावमा जानुपर्छ भन्नुभयो ।’ तर नेताहरुले प्रधानमन्त्रीको भनाइको प्रतिवाद गरे । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले के हो सल्लाह, आफैंले बनाएको संविधान हेर्नुपर्दैन ? भन्दै प्रश्न गरे भने माओवादी नेता श्रेष्ठले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने कि बहस गर्ने ? भनेर प्रश्न गरेका छन् । त्यसपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बोले । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति सुनिरहँदा ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ कि पर्दैन ? अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन ? सबै मिलेर चुनाव गर्ने भनेको के हो ?’ भन्ने जस्ता जिज्ञासा आफ्नो मनमा आएको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *