सरकारले थप गर्यो चाडपर्व बिदा


  • सरकारले थप गर्यो चाडपर्व बिदा
  • काठमाडौं । सरकारले चाडपर्व बिदा थप गरेको छ । वि.स २०७८ मा विगतमा भन्दा चार दिन बिदा दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।गृह मन्त्रालयको प्रस्तावअनुसार जनैपूर्णिमा, दशैंको घटनास्थपना र माघे संक्रान्तिमा समेत मुलुकभरी विदा दिने निर्णय ५ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । साथै तिहारको भोलिपल्ट पनि विदा थप गरिएको छ । विगतमा तिहारमा तीन दिन विदा दिने गरिएकोमा आगामी वर्ष चार दिन हुने भएको छ ।   आगामी वर्षका विदासम्बन्धि विवरण सोमबार सार्वजनिक राजपत्रमा सूचना प्रकाशन गरि सार्वजनिक गरिएको छ । सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना तथा १ माघको माघे संक्रान्तिमा देशभरी विदा हुनेछ ।   साथै तिहारको भाइटिकाको भोलिपल्ट २१ कात्तिकमा पनि देशव्यापी बिदा हुने भएको छ । विभिन्न जनजातीले आफुहरुको चाडमा राष्ट्रिय विदा दिन माग गरेपनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै छलफल गरेर चाडपर्वका विदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *